Manish Basistha Presents
Sangeet Ek Sagar
Dedication to all true musicians
Lyrics: Manish Basistha
Composition: Romi Basnet
Vocal: Sanup Paudel
Music Arrangement: Romi Basnet
Sound Engineer: Kishor Thapa
Lyrical Video: MB Creations
AI Generated Video
संगीत एक सागर
म थोपा पनि हैन
कुनै सुर आजसम्म
लागेको पनि छैन
गाउन त परैको कुरा
गुनगुनाउन पनि सक्दिनँ
शब्द बुझ्न प्रयास गर्छु
लेख्न चाहिँ सक्दिनँ
मैले गाएँ, मैले लेखेँ भनि सोच्नु
मात्र एक भूल
संगीत एक ब्रम्हाण्ड, हामी धुलो
मन्त्र यही मूल
न त कोही ठूलो
न त कोही सानो
संस्कार र साधनाको
छतमुनि छौँ सबै
उस्तै हरेकलाई न्यानो
न आकाशमा उड्छु
न त धर्तीलाई छोड्छु
शून्य हुँ भन्ने थाहा छ
केवल कोशिश गर्छु